१५ अंक बढ्यो नेप्से, कारोबार भने ३ अर्बमुनि

१५ अंक बढ्यो नेप्से, कारोबार भने ३ अर्बमुनि

काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्लो दिन ९.२४ अंक बढेको नेप्से परिसूचक आज १५.४४ अंकले बढेर २५३८ विन्दुमा कायम भयो। 

नेप्से बढ्सँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो दिन दुई अर्ब ८९ करोडको कारोबार भएकोमा आज दुई अर्ब ९४ करोडको कारोबार भयो।

१९३ कम्पनीको मूल्य बढ्दा ७५ को घट्यो भने १० को स्थिर रह्यो। बैंकिङ ०.७३, विकास बैंक ०.५९, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.१८, जलविद्युत् ०.९५, लगानी ०.४१, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.४८, माइक्रोफाइनान्स ०.४३, अन्य ०.८० तथा व्यापार ०.७२ प्रतिशत बढे। निर्जीवन बीमा समूह ०.०७ प्रतिशत घट्यो।

उपकार लघुवित्तको मूल्य ११.८७, माथिल्लो मैलुङखोलाको १०.२३ र आत्मनिर्भर लघुवित्तको १०.१० प्रतिशत मूल्य बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा सानिमा मिडिल तमोर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, साहस ऊर्जा, रिडी पावर  छन्।

भदौ १७, २०८३ बुधबार १५:३२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।