ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा
काठमाडौं : ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
बैंकको हालको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। बैंकले अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा सेयरधनीहरूलाई आठ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
भदौ १७, २०८३ बुधबार ११:३४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।