८ हजार ८ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबारको तुलनामा यसदिन सुनको मूल्य तोलामा आठ हजार आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख छ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि एक सय ८५ रूपैयाँ घटेको छ। मंगलबार प्रतितोला चार हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
भदौ १७, २०८३ बुधबार ११:१८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।