बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा भ्याली ग्रुपको ३४ लाखभन्दा बढी सहयोग

बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा भ्याली ग्रुपको ३४ लाखभन्दा बढी सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भ्याली ग्रुपले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३४ लाख ४४ हजार ४४४ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रुपअन्तर्गतका भ्याली कोल्ड स्टोर, भ्याली पेलेट फिड, भ्याली एग्रो फिड र भ्याली एक्सप्रेसले संयुक्त रूपमा रकम संकलन गरी अनलाइनमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।

भीषण बाढीका कारण जनधनको ठूलो क्षति भएको कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत तथा पुनर्स्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको समूहले जनाएको छ। कृषि, पोल्ट्री तथा खाद्य प्रशोधन क्षेत्रमा चार दशकदेखि सक्रिय भ्याली ग्रुप नेपालको स्थापित व्यावसायिक समूह हो।

भदौ १७, २०८३ बुधबार ११:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।