बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा पुनर्स्थापनाका लागि सिटी एक्सप्रेस ग्रुपले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जम्मा गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित जिल्लाका नागरिकको सहयोगार्थ उक्त रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यसका साथै, विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई राहत स्वरूप पठाउने रकममा सहजता होस् भनी कम्पनीले विश्वभरबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।

यो निर्णय बाढी आएकै दिनदेखि लागु गरिएको विज्ञप्तिमा उल्लेख छ।

विपद्‌मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रुपले अहोरात्र उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय समुदाय र स्वयंसेवकहरूप्रति आभार समेत व्यक्त गरेको छ।

भदौ १७, २०८३ बुधबार ०९:३२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।