९ अंकले बढ्यो नेप्से, कारोबार रकम भने ३ अर्ब मुनि
काठमाडौं : अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार भने सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२ विन्दुमा कायम भयो।
नेप्से बढेपनि कारोबार रकम घटेको छ। अघिल्लो दिन तीन अर्ब ६४ करोडको कारोबार भएकोमा आज दुई अर्ब ८९ करोडको कारोबार भयो। १८२ कम्पनीको मूल्य बढ्दा ८४ को घट्यो भने ११ को स्थिर रह्यो।
जलविद्युत् समूह आज सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो। उत्पादन तथा प्रशोधन १.०० प्रतिशत घट्यो। उत्पादन तथा प्रशोधनबाहेकका सबै समूहगत सूचक बढेका छन्। बैंकिङ ०.१८, विकास बैंक ०.११, फाइनान्स ०.२५, होटल तथा पर्यन ०.६६, लगानी ०.६१, जीवन बीमा ०.८९, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.८७, अन्य ०.५४ तथा व्यापार ०.१० प्रतिशत बढे।
माथिल्लो मैलुन खोला जलविद्युतको ७.१५ प्रतिशत, एमबीएल इक्विटी फण्डको ५.८८ प्रतिशत, इमर्जिङ नेपालको ४.८५ प्रतिशत, सान्जेन जलविद्युतको ३.८१ प्रतिशत, मन्छियम हाइड्रोपावरको ३.६९ प्रतिशतले सेयर मूल्य बढेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, आँखुखोला जलविद्युत्, रिडी पावर, सानिमा मिडिल तमोर तथा चिलिमे हाइड्रोपावर छन्।
भदौ १६, २०८३ मंगलबार १५:३४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।