लगातार छैठौं दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

लगातार छैठौं दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। 

गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज पनि घटेको हो। सोमबारको तुलनामा सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। 

सोमबार सुन प्रतितोला तीन लाख छ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्यमा पनि १५ रूपैयाँ घटेको छ। सोमबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा चार हजार सात सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।

भदौ १६, २०८३ मंगलबार ११:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।