बाढीप्रभावितका लागि कृषि विकास बैंकद्वारा १० लाख बराबरको खाद्य सामग्री सहयोग
काठमाडौं : कृषि विकास बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरेको हो।
करिब २०० पीडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, बिस्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, र पिउने पानी लगायतका अत्यावश्यक राहत सामग्रीहरू उपलब्ध गराइएको बैंकले जनाएको छ। बैंकले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग जम्मा गरिसकेको छ।
बैंकको मार्केटिङ एण्ड सेल्स विभागकी विभागीय प्रमुख बीना शर्माले राहत सामग्री हस्तान्तरण गरेको कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहट्टा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुङ्गाना र कार्यालय सहायक बबिता अर्याल लगायतको उपस्थिति थियो।
भदौ १५, २०८३ सोमबार १९:३२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।