भोटेकोशी बाढी प्रभावितको राहतका लागि सिद्धार्थ बैंकको साढे दुई करोड सहयोग

भोटेकोशी बाढी प्रभावितको राहतका लागि सिद्धार्थ बैंकको साढे दुई करोड सहयोग

काठमाडौं : सिद्धार्थ बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनः स्थापनाका लागि दुई करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरे।

बैंकले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा संवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बैंकले प्रभावितहरूको पुनःस्थापना र जनजीवन सामान्य बनाउन भइरहेका सरकारी प्रयासमा ऐक्यबद्धता जनायो। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनका कार्यमा सहभागिता जनाउँदै आएको छ।

भदौ १५, २०८३ सोमबार १८:०७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।