४३ अंक घट्यो नेप्से, तीन अर्ब ६४ करोडमा खुम्चियो कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। यसदिन नेप्से परिसूचक ४३.८९ अंक घटेर २५१३ विन्दुमा कायम भयो।
नेप्सेसँगै कारोबार रकम घटेको छ। अघिल्लो दिन तीन अर्ब ७८ करोडको कारोबार भएकोमा आज तीन अर्ब ६४ करोडको कारोबार भयो।
आज २१ कम्पनीको मूल्य बढ्दा २५३ को घट्यो भने ४ को स्थिर रह्यो।
निर्जीवन बीमा सबैभन्दा धेरै ५.०३ प्रतिशत घट्यो। आज बैंकिङ १.००, विकास बैंक ०.९६, फाइनान्स १.४१, होटल तथा पर्यटन २.४४, जलविद्युत् २.९४, लगानी १.१९, जीवन बीमा १.९७, माइक्रोफाइनान्स १.१४, अन्य समूह ३.३० र व्यापार १.११ प्रतिशत घटे। उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशत बढ्यो।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशत बढ्यो। मैलुङखोला जलविद्युतको मूल्य १४.९८, रसुवागढी हाइड्रोपावरको ११.७६, चिलिमे हाइड्रोपावरको १०.४९, माण्डु हाइड्रोपावरको ९.३० प्रतिशत मूल्य घट्यो।
एक दर्जन बढी जलविद्युत् आयोजना बाढीका कारण अत्यधिक प्रभावित भएका छन्। जसको धक्का सेयर बजारमा यसदिन पनि देखिएको छ।
भदौ १५, २०८३ सोमबार १५:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।