आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। 

आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य सोमबार तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य स्थिर छ। आइतबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

भदौ १५, २०८३ सोमबार ११:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।