तस्बिरमा हेर्नुहोस् नाडा अटो शोका आकर्षण
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ को चौथो दिन शुक्रबार पनि अवलोकनकर्ताको सक्रिय सहभागिता रह्यो।
भदौ ९ गतेबाट सुरु भएको प्रदर्शनीमा विशेषगरी नयाँ प्रविधियुक्त विद्युतीय गाडीहरू (ईभी) हेर्ने तथा बुकिङ गर्नेहरूको भीड देखियो।

‘उद्योगदेखि रोजगारीसम्म’ भन्ने नाराका साथ आयोजित यस प्रदर्शनीमा ७२ वटा कम्पनीले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखेका छन्।

नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ र एसेम्बल भइरहेका बजाज, टीभीएस, यमाहा, सुजुकी, हिरो लगायतका ब्रान्डहरूमा ग्राहकको विशेष रुचि देखिन्छ।

केरुङ नाका जोड्ने सडक बाढीका कारण क्षतिग्रस्त भएपछि आपूर्तिमा केही चिन्ता देखिए पनि त्यसको वैकल्पिक समाधान खोजिने व्यवसायीहरूले जनाएका छन्। सीजी मोटर्स, जगदम्बा, पारामाउन्ट, एसपीजी अटोमोबाइल्स र लक्ष्मी ग्रुप लगायतका आधिकारिक बिक्रेताहरूले अटो शोमा बुकिङ भएका सवारीसाधनको डेलिभरीमा समस्या नहुने जनाए।

प्रदर्शनीमा सवारीसाधनका अतिरिक्त टायर, ब्याट्री, इन्जिन आयल, एसेसरिज र ईभी चार्जिङ उपकरणका स्टलहरू समेत छन्। कम्पनीहरूले शोको अवसरमा विशेष छुट, बिमा तथा वारेन्टी जस्ता अफरहरू प्रदान गरिरहेका छन्। प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुनेछ।









भदौ १२, २०८३ शुक्रबार १८:५५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।