नेपालको बाढीप्रति बंगलादेशको संसदमा शोक प्रस्ताव, विशेष प्रार्थनासहित एक मिनेट मौनधारण

नेपालको बाढीप्रति बंगलादेशको संसदमा शोक प्रस्ताव, विशेष प्रार्थनासहित एक मिनेट मौनधारण

काठमाडौं : नेपालमा बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बंगलादेशले गहिरो दुःख व्यक्त गरेको छ।

बंगलादेशको १३औं राष्ट्रिय संसदको तेस्रो अधिवेशनअन्तर्गत बिहीबार बसेको पहिलो बैठकमा नेपालको विपद्लाई लिएर विशेष शोक प्रस्ताव पारित गरिएको छ।

संसद बैठकमा बंगलादेशका प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति गहिरो दुःख र समवेदना प्रकट गरे।

उनले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

संसद बैठकका क्रममा नेपालमा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

यसका साथै, मृतकहरूको आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संसद भवनमा विशेष प्रार्थना (मोजानत) गरिएको थियो।

भदौ १२, २०८३ शुक्रबार ११:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।