कासा डेराले ल्यायो ईआरपी सफ्टवेयर, अब एउटै डिजिटल प्रणालीबाट सम्पत्ति व्यवस्थापन

कासा डेराले ल्यायो ईआरपी सफ्टवेयर, अब एउटै डिजिटल प्रणालीबाट सम्पत्ति व्यवस्थापन

काठमाडौं : सेवायुक्त अपार्टमेन्ट व्यवस्थापन कम्पनी कासा डेराले सम्पत्ति व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन ईआरपी सफ्टवेयर सञ्चालनमा ल्याएको छ। सम्पत्ति धनी, व्यवस्थापक र पाहुनालाई एउटै प्रणालीमा जोड्ने उद्देश्यले ईआरपी सफ्टवेयर प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ।

सफ्टवेयरमार्फत सम्पत्तिको उपलब्धता, पाहुनाको विवरण, ग्राहकको आवतजावत रेकर्ड, मर्मतसम्भार तथा दैनिक सञ्चालनका गतिविधिहरू डिजिटल रूपमा व्यवस्थापन गर्न सकिनेछ। 

नेपालमा एउटै ब्रान्ड अन्तर्गत विभिन्न स्थानमा व्यवस्थित सर्भिस अपार्टमेन्ट सञ्चालन गर्ने आफू पहिलो कम्पनी भएको कासा डेराको दाबी छ। कम्पनीले प्रोपर्टी लिजमा लिएर व्यावसायिक रूपमा अपार्टमेन्ट सञ्चालन गरिरहेको छ।

सफ्टवेयरको प्रयोगबाट अपार्टमेन्ट मालिकले आफ्नो सम्पत्तिको अवस्था, आर्थिक विवरण, मर्मतका कार्यहरू र दैनिक गतिविधिहरू प्रत्यक्ष रूपमा हेर्न र अनुगमन गर्न सक्नेछन्। कासा डेराका प्रबन्ध निर्देशक रुपेश महतोले सम्पत्तिसँग सम्बन्धित सबै पक्षसँगको सम्पर्कलाई सहज र पारदर्शी बनाउन प्रविधिको विकास गरिएको बताए। 

उनी भन्छन्, “हामीले सम्पत्ति मालिक, पाहुना र व्यवस्थापकसँग निरन्तर सम्पर्कमा आउन र सम्पत्तिको जानकारी लिनलाई सहज र सजिलो होस् भन्ने उद्देश्यले हामीले यो कदम चालेका हौं।” साथै, सफ्टवेयरले ग्राहकलाई सहज र सजिलै सेवा उपलब्ध गराउन सकिने दाबी छ। जसको कारणले ग्राहकको सेवा छिट्टो र छरितो हुने विश्वास कम्पनीको छ। 

कासा डेराले स्टुडियो र एक बेडरुम अपार्टमेन्टदेखि ठूला अपार्टमेन्ट, पेन्टहाउस तथा बंगलासम्मका सम्पत्ति व्यवस्थापन गर्दै आएको छ। सफ्टवेयरले कम्पनीको कामलाई थप पारदर्शी र प्रभावकारी बन्नेको साथै भविष्यमा अन्य क्षेत्रमा समेत कासा डेराले सेवायुक्त अपार्टमेन्ट संस्कार अन्य जिल्लाहरूमा समेत फैलाउने काम भइरहेको प्रबन्ध निर्देशक महतोको दाबी छ।

भदौ ११, २०८३ बिहीबार १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।