लगातार पाँचौं दिन पनि घट्यो नेप्से, ३ अर्ब ७८ करोडमा खुम्चियो कारोबार

लगातार पाँचौं दिन पनि घट्यो नेप्से, ३ अर्ब ७८ करोडमा खुम्चियो कारोबार

काठमाडौं : बिहीबार पनि सेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.०४ अंकले घटेर २५५७ बिन्दुमा कायम भयो। 

नेप्सेसँगै यसदिन कारोबार पनि घटेको छ। आज तीन अर्ब ७८ करोडको कारोबार भयो।  बुधबार चार अर्ब ७७ करोडको भयो। १४६ कम्पनीको सेयर मूल्य बढ्दा ११८ को घट्यो भने १५ कम्पनीका सेयर मूल्य स्थिर रह्यो।

बाढीको धक्का सेयर बजारमा यसदिन पनि देखिएको छ। यसदिन पनि निर्जीवन बीमा समुह २.०४ प्रतिशतले घटेको छ। अघिल्लो दिन यहीं समूह सबैभन्दा धेरै घटेकोमा आज पनि यो समूह २.०४ प्रतिशत घट्यो। यस्तै म्युच्युअल फण्ड ३.१२, अन्य १.०७ र हाइड्रोपावर समुहको उपसूचक ०.५५ र जीवन बीमा ०.२४ प्रतिशतले घटे।  

बैंकिङ ०.१४, विकास बैंक ०.४४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.४१, लगानी ०.१५, उत्पादन तथा प्रशोधन १.७५, माइक्रोफाइनान्स ०.१२ प्रतिशत बढे। सिमेन्ट कम्पनीहरुको मूल्यमा आएको वृद्धिका कारण आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै बढ्यो।

अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९.४५, त्रिशुली जलविद्युत कम्पनी ९.२३, इमर्जीङ नेपाल र रसुवागढी हाइड्रोपावर कम्पनी समान ८.३८, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ८ प्रतिशतले घटेको छ।

 यसदिन सर्वात्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, एसबीआई बैंक, चिलिमे हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन्।

भदौ ११, २०८३ बिहीबार १५:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।