भोटेकोसी बाढीमा परेका १ सय ५७ शव फेला पर्यो
काठमाडौं : चीनको तिब्बती क्षेत्रमा सुरु भएर रसुवा हुँदै नेपाल छिरेको बाढीमा परेकामध्ये १ सय ५७ जनाको शव फेला परेको छ। बुधवार राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ जिल्लामा १ सय ५७ जनाको शव फेला परेको हो।
धादिङमा ६४, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको हो। बाढीमा परेर कति जनाको मृत्यु भयो सो खुल्न सकेको छैन। बेपत्ताहरूको संख्या समेत एकिन हुन सकेको छैन।
बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको छ। २० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज , ४ जनाको ट्रमा सेन्टर, ३ जनाको वीर अस्पताल, १ जनाको वीरेन्द्र सैनिक अस्पताल , ३ जनाको नर्भिक अस्पतालमा र ९ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।
बुधवार बिहान भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको थियो। अहिलेसम्म मानवीय र भौतिक क्षतिको आंकलन हुन सकेको छैन।
भदौ ११, २०८३ बिहीबार ००:१५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।