भोटेकोसी बाढी : ३८ शव फेला, २४५ बेपत्ता

भोटेकोसी बाढी : ३८ शव फेला, २४५ बेपत्ता

काठमाडौं : चीनको तिब्बत क्षेत्रहुँदै रसुवाबाट नेपाल छिरेको बाढीमा फसेकाहरूको खोज तथा उद्दारकोक्रममा ३८ वटा शव फेला परेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङ, नुवाकोट, रसुवा, गोरखा, नवलपरासी र तनहुँमा शवहरू फेला परेका हुन्।

यसैगरी हालसम्म २ सय ४५ जना सम्पर्कहीन भएको सूचना आएको छ। त्यसमा नेपाली सेना ४४ जना, नेपाल प्रहरी २६ जना र सशस्त्र प्रहरी १३ जना समेत रहेका छन्।

रसुवामा सबैभन्दा धेरै १६१ जना सम्पर्कहीन छन्। नुवाकोटमा एक जना सम्पर्कहीन छन्। बाढीबाट ५५ जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ।

बाडीका कारण ३५ वटा पुल बगाएको छ भने ४५ वटा झोलुङ्गे पुल बगाएको छ। खोजी तथा उद्दारकाक्रममा ८० जनाको स्थलमार्गबाट र ११६ जनाको हेलिकप्टरबाट उद्धार भएको छ।

भदौ १०, २०८३ बुधबार २२:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।