रसुवा बाढीमा फसेका १ सय १४ जनाको हवाई उद्धार

रसुवा बाढीमा फसेका १ सय १४ जनाको हवाई उद्धार

काठमाडौं : रसुवास्थित भोटेकोसी नदीमा बुधवार बिहान आएको भीषण बाढीका कारण फसेका १ सय १४ जनाको हवाई उद्धार भएको छ। नेपाली सेना र निजी क्षेत्रले उनीहरूको उद्धार गरेका हुन्।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।

नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४जना, त्रिशूली–काठमाडौँमा ३जनाको उद्धार गरेको छ।

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन्। 

प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा ५ जना, एभरेस्टले रसुवा–टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन्।

भदौ १०, २०८३ बुधबार १९:०४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।