रसुवा बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंमा उपचार हुँदै

रसुवा बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंमा उपचार हुँदै

काठमाडौं : रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेहरूको अहिले राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरी काठमाडौं ल्याइएकामा नुवाकोटको विदुर नगरपालिका–५ का ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सीता भण्डारी, २४ वर्षीय विवेक कुमाल, ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्बा तामाङ, वर्ष नखुलेका कुशल मगर, ३३ वर्षीय मीनबहादुर श्रेष्ठ, नाम नखुलेका कार्की, नामथर बताउन नसक्ने एक जना, ४० वर्षीय गिरिलाल बुढाथोकी, २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुशान्त श्रेष्ठ रहेका छन्।

प्रवक्ता थापाका अनुसार घाइतेमध्ये अन्यको थप विवरण प्राप्त हुन बाँकी रहेको छ।

भदौ १०, २०८३ बुधबार १७:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।