बाढीले हाइड्रोमा क्षति हुँदा सेयर मूल्यमा ‘नेगेटिभ सर्किट’!

बाढीले हाइड्रोमा क्षति हुँदा सेयर मूल्यमा ‘नेगेटिभ सर्किट’!

काठमाडौं : बुधबार सेयर बजार उच्च अंकले घटेको छ। आज आज नेपाल स्कट एक्सचेनञ्ज नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८ विन्दुमा झर्यो। अघिल्लो दिन नेप्से परिसूचक ५.३०अंक घटेको थियो।

अघिल्लो दिन चार अर्ब १० करोडको कारोबार भएकोमा आज चार अर्ब ७७ करोडको भयो। कारोबार भएका कम्पनीमध्ये २३ वटाको बढ्दा २५२ वटाको सेयर मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो।

भोटेकोशीमा आएको बाढीका कारण हाइड्रोपावर कम्पनीमा ठुलो क्षति पुगेपछि अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। आज सर्वाधिक बाढीले क्षति पुर्याएका रसुवागढी हाइड्रो पावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य १४.९९, त्रिशुली जलविद्युत कम्पनी १२.९५, माथिल्लो मैलुङखोला जलविद्युत आयोजना ११.५६, सान्जेन जलविद्युत कम्पनी ११.१८, चीलिमे हाइड्रोपावर कम्पनी १०.१२ प्रतिशतले घटेको छ।

आज निर्जीवन बीमाकाे ३.९० र जलविद्युतकाे २.८४ प्रतिशतले घट्यो। बैंकिङ ०.७४, विकास बैंक ०.८४, फाइनान्स १.१०, होटल तथा पर्यटन ०.५४, लगानी १.३१, जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.९१, अन्य १.४४ तथा व्यापार ०.०४ प्रतिशत घटे।

सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ।

भदौ १०, २०८३ बुधबार १५:४४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।