रसुवा बाढी अपडेट : हेलिकोप्टरमार्फत् १२ जनाको उद्धार, सेना र निजी क्षेत्रका १२ हेलिकोप्टर परिचालन

रसुवा बाढी अपडेट : हेलिकोप्टरमार्फत् १२ जनाको उद्धार, सेना र निजी क्षेत्रका १२ हेलिकोप्टर परिचालन

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। उद्धार टोलीले हालसम्म जोखिममा परेका १२ जनाको सकुशल उद्धार गरेको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनालाई उद्धार गरेको छ।

अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ४ र निजी विमान कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर परिचालन गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।

उद्धार गरिएका र घाइते भएकाहरूको स्वास्थ्य उपचारलाई ध्यानमा राख्दै नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य निरन्तर जारी छ।

भदौ १०, २०८३ बुधबार १३:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।