रसुवाको भोटेकोशी बाढीपछि गृहमन्त्रीको उपस्थितिमा ‘कमाण्ड पोष्ट’को आकस्मिक बैठक
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको क्षतिको समीक्षा तथा तत्काल खोज, उद्धार र राहतका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को आकस्मिक बैठक सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालयमा जारी बैठकमा बाढी प्रभावित टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा तत्काल सुरक्षाकर्मी परिचालन गर्ने र राहत कार्यलाई तीव्रता दिने विषयमा छलफल भइरहेको छ।
बाढीका कारण सम्पर्कविहीन भएका भन्सार कर्मचारी तथा स्थानीय बासिन्दाको खोजी, घाइतेको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसहितको टोली परिचालन गर्ने तयारी बैठकले गरिरहेको छ।
यसैगरी, बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाहरूमा जनधनको क्षति हुन नदिन पूर्वसतर्कता र सम्भावित विपद् प्रतिकार्य रणनीतिबारे बैठकमा गहन समीक्षा भइरहेको छ।
भदौ १०, २०८३ बुधबार १०:२१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।