भृकुटीमण्डपमा सुरु भयो १८औँ नाडा अटो शो (तस्बिरहरू)

भृकुटीमण्डपमा सुरु भयो १८औँ नाडा अटो शो (तस्बिरहरू)

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको नाडा अटो शो २०२६ मंगलबारदेखि सुरु भयो। 

उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेको १८ औँ संस्करणको अटो शोमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डले आफ्ना स्टल राखेका छन्।

नाडा स्थापना भएको ५० वर्षको अवसरमा ‘उद्योगदेखि रोजगार सम्म’ भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त मेला भदौ २४ गतेसम्म चल्ने छ। अटो शोको पहिलो दिन विभिन्न चार पांग्रे तथा दुई पांग्रे ब्राण्डले आफ्ना नयाँ सवारी साधन लन्च गरेका छन्।

मेलामा पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी करिब ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू समेत सहभागी छन् ।

उद्घाटन कार्यक्रममा उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताए। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको धारणा राखेका थिए। 

भदौ ९, २०८३ मंगलबार १९:२२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।