भेस्पा र अप्रिलिया खरिदकर्तालाई नाडा अटो शोमा विशेष अफर
काठमाडौं : नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नाडा अटो शो २०२६ लाई लक्षित गरेर विशेष उपभोक्ता योजना र नयाँ मोडलहरू सार्वजनिक गरेको छ।
'द सेभिङ एक्स्ट्राभ्यागान्जा' नाम दिइएको उपहार योजनाअन्तर्गत मेला अवधिभर स्कुटर खरिद वा बुकिङ गर्नेलाई २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्रदान गरिने छ। साथै विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्याग समेत प्राप्त गर्नेछन्।
उपहार योजना नगद, फाइनान्स र एक्सचेन्ज गरी तीन वटै माध्यमबाट खरिद गर्नेका लागि लागू हुने डेल्टा अटोकर्पले जनाएको छ। भृकुटीमण्डपमा जारी प्रदर्शनीको स्टल नम्बर TWE-11 मा डेल्टा अटोकर्पले इटालियन जीवनशैली र प्रिमियम अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको नयाँ मोडलका रूपमा 'अप्रिलिया एसआर १७५ एचपीई' राखिएको छ।
साथै, नयाँ रंगहरूमा 'लायल्याक' रंगको भेस्पा १२५ र 'ओरो' रंगको भेस्पा एस १२५ मुख्य आकर्षणका रूपमा राखिएको छ। प्रदर्शनीमा अप्रिलियाका अन्य मोडलहरू स्ट्रोम १२५ र एसआर १६० का साथै भेस्पाका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का विभिन्न रंगहरू समेत राखिएका छन्।
भदौ ९, २०८३ मंगलबार १७:३३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।