५.३० अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

५.३० अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ। आज नेपाल स्कट एक्सचेनञ्ज नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४ बिन्दुमा झर्यो। अघिल्लो दिन नेप्से परिसूचक १९.१३ अंक घटेको थियो।

प्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन तीन अर्ब २३ करोडको कारोबार भएकोमा आज चार अर्ब १० करोडको भयो। 

७९ कम्पनीको मूल्य बढ्दा १८६ कम्पनीको घट्यो भने १२ को मूल्य स्थिर रह्यो।

आज विकास बैंक र निर्जीवन बीमा बाहेक अरू सबै समुहका उपसूचक घटेका छन्। विकास बैंक ०.०८ तथा निर्जीवन बीमा ०.३६ प्रतिशत बढे। बैंकिङ ०.०३, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.७१, जलविद्युत् ०.४२, लगानी ०.०८, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.२९, माइक्रोफाइनान्स ०.२७, अन्य ०.१८ तथा व्यापार ०.५७ प्रतिशत घटे।

सर्वोत्तम पेन्ट्स्को मूल्य १४.९९ प्रतिशत बढ्यो। त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १४.९५ प्रतिशत बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् कम्पनी तथा चन्द्रागिरि हिल्स छन्।

भदौ ९, २०८३ मंगलबार १५:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।