गोलबजारको जंगलमा फेला परेको शवको पहिचान खुल्यो
सिरहा : सिरहाको गोलबजार नगरपालिका-३ स्थित गागन खोला किनारको जंगलामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ।
मृतक नरहा गाउँपालिका-३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको प्रहरीले पुष्टि गरेको छ।
खातुन सोमबारदेखि घरबाट हराइरहेकी थिइन्। उनको खोजी गर्ने क्रममा मंगलबार खोला किनारको झाडीमा मृत अवस्थामा शव फेला परेको थियो।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोलीले घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिई मुचुल्का उठाउने कार्य भइरहेको छ।
शवलाई परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको इएको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ ९, २०८३ मंगलबार १३:२८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।