गोलबजारको जंगलमा महिलाको शव भेटियो

गोलबजारको जंगलमा महिलाको शव भेटियो

काठमाडौं : सिरहाको गोलबजार नगरपालिका-३ स्थित गागन खोला किनारमा एक महिलाको शव फेला परेको छ।

खोला नजिकै झाडीमा अन्दाजी ४० देखि ४५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएकी हुन्।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको छ।

मृतक महिलाको पहिचान हालसम्म खुल्न सकेको छैन।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाउने कार्य गरिरहेको छ।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

भदौ ९, २०८३ मंगलबार १२:५५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।