चार दिनपछि सामान्य घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं : लगातार चार दिन बढेको सुनको मूल्य मंगलबार भने घटेको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार दुई सय रुपैयाँ कायम भएको छ।
सोमबार सुन प्रतितोला तीन लाख २२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेर चार हजार नौ सय रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा चार हजार नौ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।
भदौ ९, २०८३ मंगलबार ११:५०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।