प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीको प्रश्नोत्तर हुने

प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीको प्रश्नोत्तर हुने

काठमाडौं : प्रतिनिधि सभाको मङ्गलबार दिउँसो १ बजेका लागि तय भएको बैठक स्थगित भएको छ।

संसद् सचिवालयले सूचना जारी गर्दै बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी सारिएको जानकारी दिएको छ।

प्रतिनिधि सभा नियमावलीअनुसार संसद् बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्नुपर्ने व्यवस्था छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनापत्रमा विशेष कारणवश निर्धारित मिति र समयमा बैठक बस्न नसकेकाले प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम (३) बमोजिम सभामुखले भदौ १० गते बुधबार दिउँसो १ बजेका लागि बैठक निर्धारण गरेको उल्लेख छ।

बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको छ। उक्त बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेका विभिन्न समसामयिक तथा नीतिगत प्रश्नहरूको जवाफ दिनेछन्।

भदौ ९, २०८३ मंगलबार १०:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।