नेपाल लाइफको ‘बिजनेस एक्सीलेन्स कन्फ्रेन्स’ सम्पन्न
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सीलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ।
काठमाडौंको होटल याक एन्ड यतीमा ‘लिड, एस्पायर, ईभल्भ’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा देशभरबाट कम्पनीका २५० भन्दा बढी सेल्स तथा मार्केटिङ कर्मचारीहरूको सहभागिता थियो।
सम्मेलनको उद्घाटन कम्पनीका वरिष्ठ सञ्चालकहरू कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले कम्पनीले २५ वर्षको यात्रा पूरा गर्दै गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेर ऐतिहासिक कीर्तिमान कायम गरेको बताए।
यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सामूहिक मेहनतले नै कम्पनीले यो उचाइ हासिल गरेको उल्लेख गर्दै चालु आर्थिक वर्षका रणनीतिक योजना र डिजिटल रूपान्तरणबारे प्रकाश पारे।
सम्मेलनमा विभिन्न विभागीय प्रमुखहरूले कार्यसम्पादन समीक्षा तथा आगामी कार्यदिशा प्रस्तुत गरेका थिए। कार्यक्रमको समापनमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारी तथा शाखा/उपशाखाहरूलाई विभिन्न १४ विधामा अवार्ड तथा सम्मानपत्र प्रदान गरिएको थियो।
भदौ ९, २०८३ मंगलबार १०:३१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।