नाडा अटो शो लक्षित नेपाल बैंकको अफर : आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै अटो लोन पाइने
काठमाडौं : काठमाडौंमा आयोजना हुने 'नाडा अटो शो २०२६' लाई लक्षित गर्दै नेपाल बैंक लिमिटेडले सवारी साधन खरिदकर्ताहरूका लागि विशेष र आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकले जुनसुकै ब्रान्डका निजी तथा व्यावसायिक सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र थप वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ।
बैंकका अनुसार ययस योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
योजनाअन्तर्गत कर्जा प्रशासनिक शुल्क पनि सहुलियतपूर्ण बनाइएको छ। सामान्य शुल्कको सट्टा ग्राहकले ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। यस्तै, उक्त अटो कर्जा उपभोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्क नलाग्ने गरी तीन लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले नाडा अटो सोका अवसरमा ग्राहकलाई सवारीसाधन खरिद सहज बनाउन र वित्तीय सुविधा थप आकर्षक बनाउन यो योजना ल्याइएको जनाएको छ।
भदौ ९, २०८३ मंगलबार १०:३३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।