टाटाका व्यावसायिक सवारी खरिदमा मुक्तिनाथ विकास बैंकले सहुलियत कर्जा दिने
काठमाडौं : मुक्तिनाथ विकास बैंक र नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच सवारी कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार सिप्रदीका आधिकारिक डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्दा ग्राहकले मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखाहरूबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा पाउनेछन्।
बैंकले विद्युतीय सवारीतर्फ ६० प्रतिशत र इन्धनयुक्त सवारी साधनतर्फ ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ।
यस सहकार्यबाट कृषि, साना उद्यम तथा व्यापार व्यवसायका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई वित्तीय पहुँच सहज हुने अपेक्षा गरिएको छ।
यसका साथै, बैंकले हाल अटो कर्जा, कृषि तथा साना र मझौला उद्यम कर्जामा न्यूनतम ब्याजदरको विशेष योजनासमेत सञ्चालन गरिरहेको छ।
भदौ ९, २०८३ मंगलबार १०:१०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।