सामसङ नेपालको मनसुन अफर : २३ प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार
काठमाडौं : सामसङ नेपालले आफ्ना घरायसी उपकरणहरूमा विशेष ‘मनसुन अफर’ सार्वजनिक गरेको छ।
प्रिमियम प्रविधिका टिभी, वासिङ मेसिन र रेफ्रिजरेटरलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।
सीमित अवधिका लागि लागू गरिएको यस अफरअन्तर्गत ग्राहकले घरायसी उपकरणको खरिदमा २३ प्रतिशतसम्म क्यासब्याकका साथै विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन्।
अफरका मुख्य आकर्षणहरू:
टिभी: विभिन्न मोडलका टिभी खरिदमा २१ प्रतिशतसम्म क्यासब्याक, १२ महिनासम्मको निःशुल्क ‘नेट टिभी’ सब्स्क्रिप्सन तथा ७५ र ८५ इन्चका टिभीमा ४९ हजार ९ सय ९९ रुपैयाँ मूल्यबराबरको साउन्डबार निःशुल्क।
वासिङ मेसिन: ‘एआई इकोबबल’ लगायतका विभिन्न मोडलमा २३ प्रतिशतसम्म क्यासब्याक तथा ६ केजीसम्मको सर्फ एक्सेल म्याटिक पाउडर उपहार।
रेफ्रिजरेटर: सिंगल-डोर, डबल-डोर तथा साइड-बाई-साइड मोडलहरूमा १७ प्रतिशतसम्म क्यासब्याक।
यसका साथै ग्राहकले ‘हुलास फिनसर्भ’मार्फत सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवाबाट २४ महिनासम्मको किस्ताबन्दी सुविधा पाउनेछन्।
पुराना उपकरण साट्न चाहनेहरूका लागि ‘अर्को स्टोर’ (ArkoStore) र देशभरका अधिकृत डिलरहरूमार्फत एक्सचेन्जको व्यवस्थासमेत गरिएको सामसङ नेपालले जनाएको छ।
भदौ ९, २०८३ मंगलबार ०९:४८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।