पचहत्तर हजारको जस्मिन पेन्ट्स खरिदमा लण्डन घुम्ने अवसर
काठमाडौं : जस्मिन पेन्ट्सले आगामी चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौं जस्मिन पेन्ट्ससँग’ उपभोक्ता प्रवर्द्धन योजना ल्याएको छ। चाडपर्वका अवसरमा विभिन्न उपहार र वैदेशिक भ्रमणको अवसर प्रदान गर्ने उद्देश्यले यो अभियान ल्याएको जस्मिन पेन्ट्सले जनायो।
भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने यस योजनामा सहभागी हुन जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेतामार्फत न्यूनतम ७५ हजार रुपैयाँ बराबरको उत्पादन खरिद गर्नुपर्नेछ। प्रत्येक ७५ हजार रुपैयाँको खरिदमा एक थान लक्की ड्र कुपन उपलब्ध गराइने छ।
सहभागी हुन कुपनमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्ने प्रावधान राखिएको छ। योजनाअन्तर्गत एक जना भाग्यशाली विजेताले ४ रात ५ दिनको लण्डन भ्रमणको अवसर पाउनेछन्।
साथै ५ जनालाई ८ केजीको अटोमेटिक वासिङ मेसिन, ३५ जनालाई इलेक्ट्रिक प्रेसर कुकर, १२५ जनालाई मिक्सर ग्रिन्डर, १७५ जनालाई हट वाटर केटल र ७५० जनालाई भित्ते घडी प्रदान गरिने कम्पनीले जनाएको छ। विजेताहरूको छनोट प्रत्यक्ष प्रसारणमार्फत लक्की ड्र गरी गरिनेछ।
भदौ ८, २०८३ सोमबार १९:३८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।