सांसद इन्दिरा र रामबहादुरले बोलेका शब्द संसद्को अभिलेखबाट हटाउन सभामुख अर्यालको निर्देशन
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगर र एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राखेका शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए।
यसअघि प्रतिनिधि सभा बैठकमा राखेका इन्दिरा तीन र रामबहादुरका चार वटा शब्दहरू असंसदीय रहेको ठहर गर्दै अर्यालले संसद्को अभिलेखबाट हटाउन सोमबार सचिवालयलाई निर्देशन दिए।
बैठकमा सभामुख अर्यालले छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले नेपालको शासकीय अभ्यासको सन्दर्भमा जोडेर सदनमा अभिव्यक्ति नदिन सांसदहरूको ध्यानाकर्षण गराए।
भदौ १ को बैठकमा इन्दिराले बोल्ने क्रममा प्रयोग गरेका ‘साइबर सेना’ जस्ता शब्द बोलेको र भदौ ३ गते रामबहादुरले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्द अभिलेखबाट हटाइएको छ।
भदौ ८, २०८३ सोमबार १८:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।