१९ अंकले घट्यो नेप्से, ३ अर्बमा खुम्चियो कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९ बिन्दुमा रोकिएको छ। अघिल्लो दिन नेप्से १०.६७ अंक घटेको थियो।
नेप्सेसँगै कारोबार पनि घटेको छ। आज तीन अर्ब २३ करोडको कारोबार भएको छ। शुक्रबार चार अर्ब १६ करोडको कारोबार भएको थियो।
आज ४७ कम्पनीको मूल्य बढ्दा २२९ को घट्यो भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
यसदिन १३ वटै उपसूचक राताम्य बनेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर १.१९ प्रतिशत घटेको छ। त्यस्तै निर्जीवन बीमा १.१२ प्रतिशत घट्यो। बैंकिङ ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार ०.५० प्रतिशत घटे।
सर्वोत्तम पेन्टस् इन्डष्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ११.९८ प्रतिशतले बढे। आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सल डेभलपमेन्ट बैंक, सानिमा मिडिल तमोर छन्।
भदौ ८, २०८३ सोमबार १५:२४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।