इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न, भ्रामक सूचना नदिन अभिकर्तालाई प्राधिकरणको आग्रह
इटहरी : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा इटहरीस्थित र्याडिसन होटलमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख राजेन्द्र महर्जनले बीमा अभिकर्ताहरूलाई व्यावसायिक आचारसंहिता पालना गर्दै बीमितको हितमा काम गर्न आग्रह गरे।
अभिकर्ताहरू कम्पनीका ‘ब्रान्ड एम्बेसडर’समेत भएकाले ग्राहकलाई स्पष्ट र सही सूचना दिनुपर्ने भन्दै उनले ‘मिसेलिङ’ नगर्न निर्देशन दिए।
ग्राहकको आर्थिक अवस्था र आवश्यकताअनुसार उपयुक्त बीमा योजना छनोट गर्न तथा बीमाका शर्त र सुविधाहरूबारे बीमितलाई पूर्ण जानकारी गराउनु अभिकर्ताको मुख्य दायित्व रहेको उनले स्पष्ट पारे।
साथै, बीमा दाबी प्रक्रियामा समेत ग्राहकलाई सहजीकरण गर्न उनले जोड दिए।
सन नेपाल लाइफका पदाधिकारी र विभिन्न तहका अभिकर्ताहरू सहभागी उक्त कार्यक्रममा अभिकर्ताको क्षमता अभिवृद्धि, उत्प्रेरणा र बीमा व्यवसायलाई थप मर्यादित तथा प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
भदौ ८, २०८३ सोमबार १३:२९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।