वीरगञ्जमा प्रोटोनको ११औं शोरुम सञ्चालनमा, विद्युतीय गाडी ‘इ.मास ५’ सार्वजनिक
वीरगञ्ज : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले वीरगञ्जमा आफ्नो ११औं आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ।
शोरुम शुभारम्भकै अवसरमा कम्पनीले नयाँ विद्युतीय गाडी ‘द अल-न्यू प्रोटोन इ.मास ५’ पनि सार्वजनिक गरेको छ।
प्रोटोन ब्रान्डको यो दोस्रो विद्युतीय गाडी हो। कम्पनीले वीरगञ्जमा यसको विशेष सुरुवाती मूल्य समेत तोकेको छ। जसअनुसार ‘प्राइम’ भेरियन्टको मूल्य रु. ३२.९९ लाख र ‘प्रिमियम’ भेरियन्टको मूल्य रु. ३६.९९ लाख निर्धारण गरिएको छ।
मलेसियामा प्रतिष्ठित अवार्डसमेत जित्न सफल यस गाडीमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता आधुनिक सुविधाहरू रहेका छन्।
यसका साथै ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको डिकी र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेकाले यो दैनिक तथा लामो दुरीको यात्राका लागि निकै सहज हुने कम्पनीको दाबी छ।
कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले मधेश प्रदेशका ग्राहकको रोजाइमा यो गाडी पर्ने विश्वास व्यक्त गरे।
भक्तपुर र धनगढी हुँदै वीरगञ्ज पुगेको यो गाडीको अर्को (१२औं) शोरुम छिट्टै पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउने जगदम्बा मोटर्सले जनाएको छ।
इच्छुक ग्राहकले वीरगञ्ज बाइपास रोडस्थित नयाँ शोरुममा गएर गाडीको टेस्ट ड्राइभ गर्न सक्नेछन्।
भदौ ८, २०८३ सोमबार १३:१६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।