भिजी मोटर्सले बिक्री गर्‍यो १ हजार १११ थान एसआरएम ईभी, १० हजार पुर्‍याउने लक्ष्य

भिजी मोटर्सले बिक्री गर्‍यो १ हजार १११ थान एसआरएम ईभी, १० हजार पुर्‍याउने लक्ष्य

काठमाडौं : नेपालका लागि एसआरएम ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्सले नेपाली बजारमा १ हजार १११ थान विद्युतीय व्यावसायिक सवारी (ईभी) बिक्रीको कोसेढुङ्गा पार गरेको छ।

यो सफलतासँगै कम्पनीले आगामी दिनमा नेपाली सडकमा १० हजार थान एसआरएम ईभी पुर्याउने नयाँ लक्ष्य घोषणा गरेको छ।

गत वर्षको अगस्टदेखि नेपालमा एसआरएम गाडीको बिक्री सुरु गरेको कम्पनीले बिहीबार एक विशेष कार्यक्रम आयोजना गरी यो उपलब्धि मनाएको हो।

एसआरएमका यी विद्युतीय गाडीहरू विशेषगरी विद्यालय, संस्थागत यातायात, यात्रु ओसारपसार र सामान ढुवानीमा प्रयोग हुँदै आएका छन्।

कम्पनीका अनुसार नेपालको सडक सुहाउँदो उच्च ग्राउन्ड क्लियरेन्स र शक्तिशाली मोटर जडान गरिएका यी गाडीमा सिएटिएलको ब्याट्री प्रयोग गरिएको छ। यसमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा छ।

हाल देशभर ३० भन्दा बढी सर्भिस सेन्टर र १०० भन्दा बढी चार्जिङ स्टेसन सञ्चालन गरिरहेको भिजी मोटर्सले बजार विस्तारका लागि चाँडै नै दुईवटा नयाँ विद्युतीय ट्रक र एउटा एमपीभी मोडल नेपाल ल्याउने तयारी गरेको छ।

कार्यक्रममा एसआरएमका एसियाली बजार महाप्रबन्धक वाङ लु, भिजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, ब्रान्ड एम्बेसडर दीपक विष्टलगायतको उपस्थिति थियो।

सो अवसरमा एक हजारौं खरिदकर्ता हिमालयन ह्वाइट हाउस कलेज, सबैभन्दा धेरै गाडी खरिद गर्ने युरो स्कुल र डिस्कभरी एजुनेसन नेटवर्कलाई सम्मान गरिएको थियो।

भदौ ८, २०८३ सोमबार १३:१२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।