सनराईज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं : लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराईज फोकस्ड इक्वीटी फण्डले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश वितरणका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ । बुक क्लोजको मितिसम्म कायम रहेका इकाईधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको असार मसान्तसम्मको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ४५ पैसा रहेको छ।
भदौ ८, २०८३ सोमबार १२:२८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।