चौथो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं : नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ।
आइतबारको तुलनामा आज सुन प्रतितोला तीन हजार दुई सय रुपैयाँले बढेको हो।
यसअघि गत बिहिबार सुन तोलमा एकैदिन नौ हजार तीन सय, शुक्रबार तीन हजार तीन सय र आइतबार दुई हजार आठ सय रुपैयाँले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार सात सय रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदी भने तोलामा १० रुपैयाँले घटेर चार हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलाको चार हजार नौ सय नौ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।
भदौ ८, २०८३ सोमबार ११:२४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।