मुक्तिनाथमा प्रधानमन्त्री वालेन्द्रको के भाकल थियो?
काठमाडौं : शुक्रवार परिवारसहित स्थलमार्गबाट मुक्तिनाथ हिँडेका प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार मन्दिरमा करिब आधा घण्टा पूजा गरे। श्रीमती र आफू मात्र मन्दिरभित्र गएका उनको पूजाको समयमा दुई पुजारी र एक आनी थिए।
प्रधानमन्त्री वालेन्द्र पूजामा सहभागी भए। उनकी श्रीमतीले भने आधा घण्टासम्म मन्त्रोच्चारणसहित पूजामा सहभागी भएको जानकारस्रोतले उकेरालाई बतायो। प्रधानमन्त्री वालेन्द्रका लागि मन्दिर परिसरमा सुरक्षा प्रबन्ध कडा पारिएको थियो।
उनी शनिवार बेलुकी ७:३० बजे मन्दिर प्रवेश गरेर करिब ८ बजे बाहिरिएका थिए। मुक्तिनाथको दर्शनपछि बस्न उनी जोमसोम फर्किए।
“उहाँहरूले करिब आधा घण्टा पूजा गर्नु भयो। पूजाको समयमा प्रधानमन्त्रीज्यूको श्रीमतीले मन्त्रोच्चारण गरे पनि उहाँ भने मौन हुनुहुन्थ्यो। भाकल छ भन्नेसम्म सुनेको हो तर भाकल के हो खुलेन।”
उनी होटल ओम्स होममा बसेका थिए। सडक मार्गबाट मुक्तिनाथ पुगेका उनी जहाँ जहाँ बसे सेनाले सुरक्षा प्रबन्ध मिलाएको थियो। उनी बस्ने होटलमा पहिल्यै सेनाका अधिकारी पुगेर सुरक्षा प्रोटोकल अनुसार जाँच गर्ने, होटलको सुरक्षाका लागि जडान भएका सिसिटिभी बन्द गर्न लगाउने गरेका थिए।
भदौ ७, २०८३ आइतबार २२:२८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।