मलेसिया र अमेरिका पठाइदिने भनेर १७ लाख ठगी, दुई जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भनेर रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट १४ लाख र रमेशले अमेरिका पठाइदिने भनेर एक जनाबाट तीन लाख लिएका थिए।
रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो।
भदौ ७, २०८३ आइतबार १३:२०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।