आरुघाटको जङ्गलमा लुकाएको अवस्थामा भेटियो ५ वटा भरुवा बन्दुक

आरुघाटको जङ्गलमा लुकाएको अवस्थामा भेटियो ५ वटा भरुवा बन्दुक

गोरखा : गस्तीमा गएको प्रहरी टोलीले गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय आरुघाटका अनुसार शनिबार अपराह्न करिब ५ बजेतिर आरुघाट गाउँपालिका-६ चिहानडाँडाको जङ्गलमा लुकाइ राखिएको अवस्थामा बन्दुक फेला पार्यो।

प्रहरी निरीक्षक अनिल श्रेष्ठ नेतृत्वको गस्ती टोलीले सो जङ्गलभित्र सल्लाको हाँगाले छोपिराखेको अवस्थामा बन्दुक फेला पारेका प्रहरीको भनाइ छ। 

भेटिएका पाँच वटामध्ये एक थान थोत्रो भएर भाँचिएको अवस्थामा रहेको र अरू चार वटा पनि लामो समयदेखि जङ्गलमै लुकाई छिपाइ राखिएको अवस्थामा रहेकाले खिया लागेको प्रहरीको भनाइ छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

भदौ ६, २०८३ शनिबार २२:१३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।