काठमाडौंको सिंहदरबारदेखि माइतीघरसम्म आज ८ घण्टा बिजुली काटिने, नुवाकोटका अधिकांश क्षेत्र पनि प्रभावित
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले मर्मतसम्भार, रुखका हाँगाबिँगा काट्ने तथा प्रणाली सुदृढीकरणका लागि आज शनिबार काठमाडौं र नुवाकोटका विभिन्न स्थानमा सटडाउन गरेको छ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज काठमाडौंको अति व्यस्त क्षेत्र र नुवाकोटका अधिकांश पालिकाहरूमा ४ देखि ९ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
रत्नपार्क वितरण केन्द्रको अनामनगर र सिंहदरबार-२ फिडरमा प्रणाली सुदृढीकरणको काम गर्नुपर्ने भएकाले काठमाडौंमा आज दिनभरजसो विद्युत् कटौती हुँदैछ।
प्राधिकरणका अनुसार आज बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म ८ घण्टा सिंहदरबार दक्षिण गेटदेखि माइतीघर मण्डलासम्म र त्यस आसपासका क्षेत्रमा बत्ती जानेछ।
नुवाकोटमा कुन क्षेत्रमा कतिखेर जाँदैछ बत्ती ?
नुवाकोट वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडरहरूमा लाइन मर्मत र रुखका हाँगाबिँगा काट्ने कार्यका लागि आज जिल्लाका विभिन्न पालिकाहरूमा सटडाउन गरिएको छ।
बिहान ८ देखि बेलुका ५ बजेसम्म (९ घण्टा) : त्रिशूली ५ नं. फिडरअन्तर्गत पर्ने विदुर नगरपालिका-९ का जुगेटार, प्लास्टर, सुनाखेती र वडा नं. ८ का थुम्का, कौउरेनी, भ्याकुते, खुर्सानी, गगते, भैरमकोट र आंगुटार क्षेत्रमा मर्मत कार्यका लागि लाइन काटिनेछ।
बिहान ११ देखि दिउँसो ३ बजेसम्म (४ घण्टा) : कोल्पुटार, महादेवफाँट, दुईपिपल र ३३ केभी धादिङ (जहरे खेत) फिडरअन्तर्गत पर्ने बेलकोटगढी नगरपालिकाका वडा नं. १, २, ३, ४, ६, ७ र ८, तारकेश्वर गाउँपालिकाका वडा नं. २, ३ र ४ तथा विदुर नगरपालिकाको वडा नं. ३ मा बुस कटिङका लागि विद्युत् अवरुद्ध हुनेछ।
बिहान ११ देखि दिउँसो ३ बजेसम्म (४ घण्टा) : बेलकोटगढी, चैनपुर र रानीपौवा फिडरअन्तर्गतका बेलकोटगढी न.पा.का वडा नं. ८, ९, १०, ११, १२ र १३, लिखु गा.पा.–३ (मालाकोट), विदुर न.पा.का ३, ५, ६ र १२, तारकेश्वरका १, ५ र ६ वडा तथा ककनी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा लाइन मर्मतका लागि विद्युत् आपूर्ति बन्द रहनेछ।
तोकिएको समयभन्दा अगावै मर्मत तथा सुदृढीकरणको काम सकिएमा निर्धारित समयभन्दा छिट्टै विद्युत् आपूर्ति सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ।
भदौ ६, २०८३ शनिबार ०९:५८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।