कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाको रिट सर्वोच्चमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाको रिट सर्वोच्चमा

काठमाडौं : सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

पार्टीका पूर्व सभापति शेरबहादुर देउवाका तर्फबाट वारेसमार्फत आगामी असोजमा तय भएको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै शुक्रबार रिट निवेदन दायर गरियो।

कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। उक्त निर्णय रोक्न रिट निवेदन पेस गरिएको हो। 

कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न देउवा पक्षले निस्सा (अनुमति) पाएको छ। सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको हो।

भदौ ५, २०८३ शुक्रबार २२:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।