रास्वपाले मनोनीत गर्यो केही पदाधिकारी : क-कसले पाए जिम्मेवारी ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुक्रबार बसेको केन्द्रीय समिति बैठकले केही पदाधिकारी मनोनीत गरेको छ। बैठकले प्रवक्ता, सह-महामन्त्री, कोषाध्यक्ष र सह-प्रवक्ता पदमा जिम्मेवारी तोकेको हो।
नेता मनिष झाका अनुसार बैठकले जगदीश खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ। त्यसैगरी, सह-महामन्त्रीमा पुरुषोत्तम यादव र कोषाध्यक्षमा मनोहर प्रधान मनोनीत भएका छन्। सह-कोषाध्यक्षमा यसअघि पनि सोही जिम्मेवारी रहेकी बसुमाया तामाङलाई निरन्तरता दिइएको छ।
बैठकले दुई जना सह-प्रवक्ता पनि चयन गरेको छ। जसमा सांसद सुरेन्द्र चौधरी र डा. नबिता यादव रहेका छन्। नेता झाका अनुसार पदाधिकारीमा मनोनीत भएका सबै सदस्यहरू स्वतः सचिवालय सदस्य समेत रहनेछन्।
शुक्रबार केही पदमा मात्र मनोनीत गरिएको र उपसभापति, महामन्त्रीसहितका बाँकी पदहरूमा क्रमशः मनोनयन गरिने रास्वपाले जनाएको छ।
भदौ ५, २०८३ शुक्रबार १६:४१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।