रास्वपाको सचिवालयमा थपिएका ११ सदस्यमा को-को परे ?

रास्वपाको सचिवालयमा थपिएका ११ सदस्यमा को-को परे ?

काठमाडौं : पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिब दुई महिनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले ११ जना सचिवालय सदस्यको नाम अनुमोदन गरेको नेता मनिष झाले जानकारी दिए।

सचिवालय सदस्यमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्व महामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, समीक्षा बाँस्कोटा, मनोहर प्रधान, शिव नेपाली, इन्दिरा रानामगर, मनिष झा र जगदीश खरेल थपिएका छन्।

यसअघि बसेको पहिलो पार्टी केन्द्रीय समिति बैठकले निर्वाचित पदाधिकारी रहेको सचिवालय गठन गरेको थियो। पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असीम शाह, हरि ढकाल र निशा डाँगी सचिवालय सदस्य थिए।

भदौ ५, २०८३ शुक्रबार १६:१५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।