इपीएलको नेपाल प्रसारणको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङक्स

इपीएलको नेपाल प्रसारणको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङक्स

काठमाडौं : इंग्लिस प्रिमियर लिग (इपीएल) २०२६-२७ को नेपालका लागि आधिकारिक प्रसारणकर्ता कान्तिपुर म्याक्स एचडीको 'टाइटल स्पोन्सर'का रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङक्स जोडिएको छ।

शुक्रबार कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिङक्सकी बिजनेस हेड सोनिया रानाले सम्झौता पत्रमा हस्ताक्षर गरे। कान्तिपुर म्याक्सले लगातार दोस्रो सिजन इपीएलको प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

सम्झौतापछि एक्स्ट्रिमकी बिजनेस हेड रानाले इपीएलको लोकप्रियता र खेलकुद प्रसारणमा कान्तिपुर म्याक्सको योगदानलाई ध्यानमा राखेर सहकार्य गरिएको बताइन्। इपीएल २०२६-२७ को नयाँ सिजन शुक्रबार रातिदेखि सुरु हुँदै छ। 

सिजनको पहिलो खेलमा साबिक विजेता आर्सनल र प्रिमियर लिगमा बढुवा भएको टोली कोभेन्ट्री सिटीबीच खेल हुने तालिका छ। 

भदौ ५, २०८३ शुक्रबार १५:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।