रोयल इन्फिल्डको ‘क्लासिक ३५० गोरखा एडिसन’ सार्वजनिक, मूल्य कति?

रोयल इन्फिल्डको ‘क्लासिक ३५० गोरखा एडिसन’ सार्वजनिक, मूल्य कति?

काठमाडौं : रोयल इन्फिल्डले नेपाली गोरखा समुदायको वीरता, साहस र इतिहासलाई सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले यस मोटरसाइकलको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

विशेष ‘गोरखा ग्रीन’ रङमा आएको यस मोटरसाइकलमा गोरखा पहिचान झल्किने ऐतिहासिक ‘क्रस खुकुरी’ को विशेष चिन्ह राखिएको छ।

क्लासिक ३५० को परिचित डिजाइन र जे-सिरिज इन्जिनयुक्त यस संस्करणमा सहज राइडिङका लागि ‘असिस्ट एन्ड स्लिपर क्लच’ जडान गरिएको छ।

मोटरसाइकलसँगै कम्पनीले नेपाली ढाका बुनाइ र परम्परागत कलाबाट प्रेरित प्रिमियम राइडिङ गियर, हेल्मेट, छालाका बुट तथा लाइफस्टाइल सामग्रीसहितको ‘गोरखा कलेक्सन’ पनि बजारमा ल्याएको छ।

नेपालको गौरवपूर्ण इतिहाससँग जोडेर ल्याइएको यो विशेष संस्करण देशभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।

भदौ ५, २०८३ शुक्रबार १२:३३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।